हिमालयन डिष्टिलरीको खुद मुनाफा ५३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2021 | 09:22:53 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन डिष्टिलरी लिमिटेड Himalayan Distillery  ले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ६७ करोड २७ लाख खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको यो खुद मुनाफा गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा झन्डै ५३.८९ प्रतिशत अर्थात २३ करोड ५६ लाखले बढी हो । 

तेस्रो त्रैमासमा कम्पनीको उत्पादन बिक्रिदर करिब ९ प्रतिशतले बढेर ९ अर्ब ८९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक बर्षको यस अवधिमा कम्पनीले ३ अर्ब ५७ करोड को उत्पादन बिक्रि गरेको थियो । 

कम्पनीको  गत आ.व. सम्मको मुनाफाबाट ५० प्रतिशत बोनस शेयर वितरण गरि पूँजी वृद्धि गरे पनि गत वर्षको यसै अवधिको वित्तिय अनुपातहरुसँग तुलना गर्दा यस वर्ष प्रति शेयर आम्दानी रु १००.७६ बाट रु १०३.३८ पुगेको छ भने तरलता अनुपात १.९६ बाट २.७४ भएको कम्पनीले उल्लेख गरेको छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved