मर्जर प्रस्ताव पारित गर्न सीवाईसी नेपाल र शालिग्राम लघुवित्तको विशेष साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2021 | 10:44:05 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर तथा प्राप्ति सम्झौता पारित गर्न सीवाईसी नेपाल लघुवित्त र शालिग्राम लघुवित्तले विशेष साधारणसभा आह्वान गरेका छन् । सीवाईसी नेपालले जेठ १४ गते शुक्रबार बाग्लुंगको होटेल पिस प्यालेसमा सभा आह्वान गरेको हो भने शालिग्रामले पनि जेठ १४ गते नै म्याग्दी स्थित आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको हो ।

सभामा मर्जर तथा प्राप्ति समबन्धि प्रस्ताव पारित हुने छ । सीवाईसी नेपाल लघुवित्तले शालिग्राम लघुवित्तलाई प्राप्ति गर्न लागेको हो । सभामा मर्जर तथा प्राप्ति सम्बन्धमा संचालक समितिको प्रतिवेदन पारित गर्ने, डिडिए रिपोर्ट र स्वाप रेसिय पारित गर्ने, मर्जर तथा प्राप्तिको लागि गर्नु पर्ने सबै कार्यको जिम्मेवारी संचालक समितिलाई दिने, प्रबन्धपत्र र नियमावली आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप निर्देशन भएमा सो अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

दुवै नेपालको सेयर बजार नेपाल स्टक एक्सचेन्जमा सुचिकृत नभएका लघुवित्त हुन्। यसअघि सीवाईसीको स्वाप १०० र शालिग्रामको ८० रहनेगरि दुवै लघुवित्तले आरम्भ माइक्रोफाइनान्ससंग मर्जर गर्ने सम्झौता गरेका थिए। तर उक्त मर्जर सम्झौता तोडीएपछि सीवाईसी र शालिग्राम मर्जरमा जान लागेका हुन् । 

७ करोड चुक्तापुंजी र बाग्लुङ केन्द्रिय कार्यलय भएको सीवाईसी राष्ट्रिय स्तरको लघुवित्त हो भने १ करोड ६० लाख लघुवित्त भएको म्याग्दी केन्द्रिय कार्यलय भएको  शालिग्राम लघुवित्त गण्डकी प्रदेश स्तरीय लघुवित्त हो।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved