मर्जर प्रस्ताव पारित गर्न नेशनल र महिला सहयात्राको साधारणसभा आह्वान, स्वाप कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2021 | 08:39:29 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर (गाभ्ने/गाभिने) प्रताव पारित गर्न नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्तले विशेष साधारणसभा आह्वान गरेका छन् । नेशनलले जेठ २५ गते आफ्नै केन्द्रिय धादिङमा सभा  आह्वान गरेको हो भने महिला सहयात्राले पनि जेठ २५ गते नै आफ्नै केन्द्रिय कार्यालय मकवानपुरमा सभा आह्वान गरेको हो ।  

नेशनलले महिला सहयात्रालाई गाभ्ने प्रस्ताव पारित गर्ने छ भने महिला सहयात्राले नेशनलमा गाभिने प्रस्ताव पारित गर्ने छ ।  नेशनलले १००:६८ को स्वाप रेसियोमा महिला सहयात्रालाई गाभ्न लागेको हो ।  अर्थात महिला सहयात्राको १ सय कित्ता शेयर हुने शेयरधनीले मर्ज पछि बन्ने संस्थाको ६८ कित्ता शेयर पाउने छन् ।  

सभामा गाभ्ने गाभिने सम्बन्धि संचालक समितिको प्रतिवेदन पारित गर्ने, डिडिए रिपोर्ट र स्वाप पारित गर्ने, मर्जर प्रर्कियाको लागि भएका खर्च अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, र निमायक निकायबाट प्रबन्धपत्र र नियमावलीमा  थप संशोधनको लागि निर्देशन भइ आएमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुनेछ ।  

विशेष साधारणसभा प्रयोजनको लागि दुवै संस्थाले जेठ १७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् ।  जेठ १६ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन सक्ने छन् ।  

 नेपाल राष्ट्र बैंकले बैशाख १५ गते यी दुई संस्थालाई मर्जर तथा प्राप्तिको लागि सैदान्तिक स्वीकृति प्रदान गरेको थियो । विशेष साधारणसभाबाट मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरि अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिनु पर्ने हुन्छ । 

 महिला सहयात्राको केन्द्रीय कार्यालय मकवानपुरको थाहा नगरपालिकामा छ भने नेशनल माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय धादिङमा रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved