शेयरबजारमा नयाँ रेकर्ड, साँढे १९ अर्ब बढीको कारोबार, ४४ कम्पनीमा सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2021 | 03:28:39 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो कारोबार दिन आज आईबार नेप्से सूचक दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक  ३८.३२ अंकले बढेर २९८३.११ को बिन्दुमा पुगेको हो ।  

आज १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६ सय ३६ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२० कम्पनीको ३ करोड ७० लाख ७६ हजार ४ सय ३९ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो । यो हाल सम्मकै उच्च कारोबार रकम हो । 

आज श्री इन्भेष्टमेन्ट फाइनान्स, आइसीएफसी फाइनान्स, कर्णाली डेभलप्मेन्ट बैंक लगायत ४४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

त्यस्तै, आज विकास बैंक फाइनान्स लगायत ७ समूहको समूहगत सुचक बढेको छ भने ट्रेडिङ, जीवन बीमा लगायत ६ समूहको समूहगत सुचक घटेको छ । जसमा विकास बैंक समूहको सूचक सर्वाधिक बढी ८.२४ प्रतिशत र फाइनान्स समूहको ७.१४ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको सुचक सर्वाधिक बढी १.०६ प्रतिशतले घटेको छ ।

आज अरुण भ्याली हाईड्रोको सर्वाधिक बढि ७२ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने लुम्बिनी विकास बैंकको ५८ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved