नेप्से सुचकले पार गर्यो ३ हजारको बिन्दु, एक दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2021 | 03:20:51 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से सूचक दोहोरो अंकले बढेर हाल सम्मकै उच्च बिन्दुमा पुगेकाे छ । आज नेप्से सूचक  ४२.७२ अंकले बढेर ३०२५.८३ को बिन्दुमा पुगेको हो । यो हाल सम्मकै उच्च बिन्दु हो ।

आज १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५ सय १९ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२१ कम्पनीको ३ करोड ५० लाख २७ हजार ३ सय ६३ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो । 

आज नेपाल इन्स्योरेन्स कम्पनी, खानीखोला हाईड्रोपावर कम्पनी, घलेम्दी हाईड्रो लगायत १२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

त्यस्तै, आज होटेल र पर्यटन, इन्भेष्टमेन्ट लगायत ७ समूहको समूहगत सुचक बढेको छ भने विकास बैंक, अन्य लगायत ६ समूहको समूहगत सुचक घटेको छ । जसमा होटेल र पर्यटन समूहको सूचक सर्वाधिक बढी ४.२५ प्रतिशत बढेको छ भने विकास बैंक समूहको सुचक सर्वाधिक बढी १.११ प्रतिशतले घटेको छ ।

आज अरुण भ्याली हाईड्रोको सर्वाधिक बढि ६२ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अपि पावर कम्पनीको ५४ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved