एनआईसी एसिया क्यापिटलको सेलेक्ट ३० इन्डेक्स फण्ड असार १० देखि निष्काशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2021 | 10:05:15 AM मा प्रकाशित

एनआईसी एशिया क्यापिटलले असार १० गतेदेखि एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड)को इकाई निष्काशन गर्ने भएको छ ।  एनआईसी एसिया म्युचुअल फण्ड अन्तर्गत संचालन हुने यो फण्डको आकार १ अर्बको रहेको रहको छ । 

प्रति इकाई मूल्य रु.१० दरको १० करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक एन आई सी एशिया बैंकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गरिने भएको हो । यस निष्काशनमा न्युनतम १०० इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिने छ । यस निष्काशनमा  असार १४ गतेसम्म र त्यससमयसम्ममा पर्याप्त आवेदन नपरेको खण्डमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ । मेरोशेयर मार्फत र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सकिने छ । 

एन आई सी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस सेलेक्ट –३० (इन्डेक्स फण्ड) सात वर्ष अवधि रहेको तेश्रो बन्दमुखी योजना हो । उक्त योजनामा संकलित अधिकाशं रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने कम्पनीले जनाएको छ । 

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीका अनुसार यस योजनाले सूचिकृत कम्पनीहरुमा लगानी गर्दा सूचिकृत कम्पनीहरुबाट राम्रा मानिएका कम्पनीहरु मध्ये ३० वटा कम्पनीहरु छनौट गरी लगानी गर्ने छ । लगानी गरिने कम्पनीहरुको छनौट गर्दा विभिन्न आन्तरिक प्यारामिटर अनुसार गरिने छ । 

विशेषत सूचिकृत कम्पनीहरुमा लगानी गर्दा ३० वटा कम्पनीहरुमा लगानी गरिने भएता पनि लगानीको अवसर र चुनौती हेरी लगानी गर्ने कम्पनीहरुको संख्यमा थपघट हुने र निश्चित समय पछि उक्त कम्पनीहरुको संख्यालाई पुनः मुल्याङ्गकन गरी ३० भन्दा बढी नहुने गरि कायम गरिने क्यापिटलले जनाएको छ । 

हाल एन आई सी एशिया क्यापिटलले दुई वटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजना संचालन गरिहेको छ । साथै क्यापिटलले एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पाँचौं योजना एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड नामक योजना स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गराईसकेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved