सामान्य करेक्सन भएको बजारमा साँढे १६ अर्बको कारोबार, नेपाल पूनर्बीमामा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2021 | 03:14:55 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से सूचक सामान्य घटेको छ । आज नेप्से सूचक ३.७२ अंकले घटेर ३०२२.१० को बिन्दुमा पुगेको हो । 

आज १६ अर्ब ५२ करोड ८७ लाख ५९ हजार ७ सय ३८ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२६ कम्पनीको ३ करोड ९ लाख ४८ हजार ८ सय ५३ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो । 

आज सीइडिबी हाईड्रोपावर कम्पनी, खानीखोला हाईड्रोपावर कम्पनी र युनियन हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

त्यस्तै, आज अन्य समुह, इन्भेष्टमेन्ट लगायत ५ समूहको समूहगत सुचक बढेको छ भने विकास बैंक, फाइनान्स लगायत ८ समूहको समूहगत सुचक घटेको छ । जसमा अन्य समूहको सूचक सर्वाधिक बढी ३.९९ प्रतिशत बढेको छ भने विकास बैंक समूहको सुचक सर्वाधिक बढी ४.४२ प्रतिशतले घटेको छ ।

आज नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक बढि ७६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने एसआइडिसीएलको ५२ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved