स्वावलम्बन लघुवित्तकाे १ लाख कित्ता बढी शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2021 | 06:28:18 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १ लाख ९० हजार ६५० कित्ता संस्थापक शेयर लिलाममा ल्याउने भएको छ । कम्पनीले जेठ २४ गतेदेखि असार २७ गतेसम्म यी संस्थापक शेयर लिलाम गर्न लागेको हो । शेयर लिलाम प्रकृयाको लागि एनआइबिएल एस बिक्रि प्रबन्धक रहेको छ । 

संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. ७ सय ५१ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १ हजार कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । 

 कम्पनीको विद्यमान संस्थापक शेयर धनी  वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यस लिलामीको शेयरमा आवेदन दिन सक्ने छन् । तर कम्पनीको प्राथमिकता भने हाल कायम संस्थापकलाई दिइने कम्पनीले जनाएको छ । 

प्रति कित्ता आपूmले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्नु पर्ने कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved