
सिद्धार्थ क्यापिटल Siddhartha Capital ले आज असार १६ गतेदेखि खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाई बिक्रि खुला गरेको छ । क्यापिटलले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि 'सिद्धार्थ सिस्टम्याटिक इन्भेस्टमेन्ट स्किम' नामको खुलामुखी योजनाको इकाई खुला गरेको हो ।
क्यापिटलले उक्त योजनाको २० करोड बराबरको २ करोड इकाई निष्काशन गरेको हो । जस मध्ये ५ प्रतिशत इकाई कोष ब्यबस्थापक सिद्धार्थ क्यापिटललाई र १० प्रतिशत कोष प्रबद्रक सिद्धार्थ बैंकलाई छुट्याईएको छ । इच्छुक लगानीकर्ताले बाँकि रहेको इकाईको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले छिटोमा असार २० गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा असर ३० गतेसम्म आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० लाख कित्ताको लागि दिन सकिने छ । सीआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिने छ ।
यो खुलामुखी योजना भएकोले नेप्सेमा कारोबार भने हुदैन । तर क्यापिटल तथा क्यापिटलले तोकेका केन्द्रबाट यो सजिल्यै किनबेच गर्न सकिन्छ । हाल सिद्धार्थ क्यापिटलले वटा बन्दमुखी म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ ।