एनआईसी एसिया बैंक NIC Asia Bank Limited ले आफ्नो स्वामित्वमा रहेको विभिन्न कम्पनीको ४ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले आरएमडिसी लघुवित्त, मेरो माइक्रोफाइनान्स, र महुली लघुवित्तको गरि कुल ४ लाख ८३ हजार ६ सय ७३ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो।
बैंकले आज असार २७ गतेदेखि असार ३१ गतेसम्म यी शेयर लिलाम गर्न लागेको हो । बैंकले आरएमडिसी लघुवित्तको ३ लाख ७३ हजार ७ सय ६५ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो । बैंकले यी शेयरको न्युनतम मूल्य ४७३ कायम गरेको छ । सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ ।
त्यस्तै बैंकले मेरो माइक्रोफाइनान्सको ५६ हजार ८ सय ३८ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो । बैंकले यी शेयरको न्युनतम मूल्य ५३४ कायम गरेको छ । साथै बैंकले महुली लघुवित्तको ५३ हजार ७० कित्ता शेयर लिलाम गर्न लागेको हो। यी शेयरको न्युनतम मूल्य ७ सय ५२ रुपैयाँ कायम गरेको छ । बैंकले यी शेयर आज असार १५ गतेदेखि असार २१ गतेसम्म लिलाम गर्न लागेको हो ।
हाल कायम संस्थापक वा जो कोहि व्यक्ति , संघ संस्था कम्पनीले यी शेयरमा आवेदन दिन सक्ने छन् । शेयर लिलामको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ । आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र नियामक निकायले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। हाल कायम शेयरधनीले भने आफ्नो शेयरधनी नम्बर पनि उल्लेख गर्नु पर्ने छ ।