कामना सेवा विकासले ऋणपत्र निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा एनआइबिएल एस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2021 | 06:02:35 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास Kamana Sewa Bikas Bank Limited  बैंकले ऋणपत्र निष्काशनको लागि बिक्रि प्रबन्धक नियुक्त गरेको छ । बैंकले एनआइबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको हो ।

बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एनआईबिएल एस क्यापिटलको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । बैंकले १ हजार अंकित दरका १० लाख कित्ताले हुन आउने एक अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । 

कामना सेवा विकास बैंक लिमिटेड राष्ट्रिय स्तरको विकास बैंक हो । बैंकले १२८ वटा शाखा , एउटा  एक्सटेन्शन काउन्टर तथा ७० वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved