राधी विद्युतको साधारणसभा सम्पन्न, बोनसमा लाग्ने कर लगानीकर्ताले नै तिर्नु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2021 | 11:33:12 AM मा प्रकाशित

laxmi  sunrise bank

राधी विद्युत कम्पनी Radhi Bidyut Company  को लाभांश पारित भएको छ । कम्पनीको आज मंगलबार सम्पन्न साधारणसभाले लाभांश सहितका सभामा पेश भएका सम्पूर्ण प्रस्ताव पारित गरेको हो । 

कम्पनीको साधारणसभाले ३६.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो।  साधारणसभाले पारित गरेसंगै उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ बोनसमा लाग्ने कर भने लगानीकर्ताले नै तिर्नु पर्ने कम्पनीले जनाएको छ । 

त्यस्तै कम्पनीले बोनस वितरणपछि  १४७.५२ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ। साधारणसभाले पारित गरेसंगै नेपाल धितोपत्र बोर्ड स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।  कम्पनीले आवश्यक नियमाकीय प्रक्रिया पुरा गरेर यथाशीघ्र हकप्रद निष्काशन गर्ने जनाएको छ । कम्पनीले हालको आयोजनाको ऋण तिर्न र ४५ मेगावाटको नयाँ आयोजनामा लगानी गर्न हकप्रद निष्काशन गर्न लागिएको जानकारी कम्पनीले साधारणसभामा दिएको छ । 

हाल कम्पनीको चुक्ता पुंजी ४७ करोड ३५ लाख ५६ हजार ५ सय रहेको छ । कम्पनीले बोनस वितरण पश्चात चुक्ता पुंजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ पुग्ने छ 

साधारणसभाले आर्थिक वर्ष ७६/७७ को प्रतिवेदन छलफल गरि पारित गर्ने, वासलात र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७७/७८ को लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ । त्यस्तै  प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नियामक निकायबाट संशोधनको लागि थप निर्देशन आएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पारित भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved