७ बजेपछि मेरोशेयरको एप अपडेट गर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2021 | 05:14:07 PM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्रको विक्री कारोबारमा लाग्ने पुँजीगत लाभकरको नयाँ गणना विधि आज साउन ३ गते आइतबारदेखि लागु भएको छ । यस प्रयोजनका लागि मेरो शेयर प्रणालीमा धितोपत्रको स्वामित्वको अवधि गणना गर्ने सुविधा थप गरि आज आइतबार बेलुका ७ बजे देखि सञ्चालनमा आउने सिडीएससीले जनाएको छ ।

सिडिएससिले मेरो शेयरको मोवाईल एप प्रयोग गर्ने लगानीकर्तालाई प्लेस्टोर मार्फत मेरो शेयर एप अपडेट गरि उक्त सेवा प्रयोग गर्न आग्रह गरेको छ । यस सेवा सञ्चालन गर्ने प्रक्रिया सम्बन्धी जानकारी सिडीएससीको वेबसाइटमा राखिने र सेवा सञ्चालन सम्बन्धी थप जानकारी आवश्यक परेमा आफ्नो राफसाफ सदस्यलाई वा सिडिएससिमा सम्पर्क गर्न सिडीएसले आग्रह गरेको छ ।

नेपाल सरकार द्वारा जारी आर्थिक अध्यादेश २०७८ मार्फत आयकर ऐन, २०५८ को दफा ९५(क) मा संशोधन गरि “उपदफा(२) को खण्ड (क) मा रहेका “बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको पाँच प्रतिशत” भन्ने शब्दहरूको सट्टा “बासिन्दा प्राकृतिक व्यक्तिको हकमा तिन सय पैँसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको पाँच प्रतिशत र तीन सय पैँसठ्ठी दिनभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको सात दशमलव पाँच प्रतिशत” भन्ने शब्दहरू राखिएकोले मिति २०७८ श्रावण १ गते देखि हुने सम्पूर्ण कारोबारहरूमा विक्रीकर्ता बासिन्दा प्राकृतिक व्यक्तिले धितोपत्रको विक्री कारोबारमा लाग्ने पुँजीगत लाभकर गणना गर्नका लागि आफ्नो स्वामित्वमा रहेको कुल धितोपत्रको लागतको भारित औसत गणना गरि सो विवरण प्रदान गर्ने विद्यमान व्यवस्थालाई परिमार्जन गरि धितोपत्रको लागतको भारित औसतका साथै आफ्नो हितग्राही खातामा मौज्दात रहेको समयावधि समेत गणना गरि विक्री गरेको धितोपत्र मध्ये ३६५ दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको धितोपत्र र सो भन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रको संख्या समेत खुलाई प्रदान गर्नुपर्ने व्यवस्था गरिएको हो।

यस संगै आफुले शेयर खरिद गरेको ३६५ दिन भन्दा अगावै बिक्रि गरेमा ७.५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । ३६५ दिनपछि शेयर बिक्रि गरेमा भने हाल कायम अनुसार कै ५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । यद्यपि यो नाफामा मात्र लाग्ने कर हो । यदि शेयर बिक्रि गर्दा घाटा भएको छ भने लाभकर तिर्नु पर्दैन । 

No description available.

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved