नेप्से सूचक फेरि ३ हजार विन्दु माथि, म्युचुअल फण्ड र वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2021 | 03:38:40 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १८.७६ अंकल बढेर ३००४.३३ को बिन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबारमा आएका २२२ कम्पनीका ५ करोड ५९ लाख ६४ हजार ६२ शेयर खरिद बिक्रिबाट ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६ सय १५ रुपैयाँ ७१ पैसा बराबरको कारोबार भएको छ । जस मध्ये कृषि विकास बैंकको सबै भन्दा धेरै ४६ करोड २७ लाख, नेपाल बैंकको ३६ करोड ५ लाख र एनआईसी एसिया बैंकको ३६ करोड ४ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका बैंकिंग, हाइड्रोपावर, फाईनान्स, निर्जीवन बीमा, र म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक घटेका छन् । आज म्युचुअल फण्ड समुह सबै भन्दा धेरै ५.२७ प्रतिशतले बढेको छ भने ट्रेडिङ समुह सबैभन्दा धेरै २.०२ प्रतिशतले घटेको छ ।

आज लक्ष्मी उन्नति कोषको मूल्य १०.०४ प्रतिशतले बढेको छ भने सीईडिबि हाइड्रो तथा ङ्गादी हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै पोखरा फाइनान्स र माउन्टेन हाइड्रोको शेयर मूल्य समान ९.९५ प्रतिशतले बढेको छ । आज हिमालयन पावर पार्टनरको शेयर मूल्य सबैभन्दा धेरै ४.०७ प्रतिशत र बरुण हाइड्रोको शेयर मूल्य ३.९३ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये ९१ कम्पनीको मूल्य बढेको छ भने ८६ कम्पनीको मूल्य घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved