५१ वटा कम्पनीको सुची प्रकरण: बोर्डले अदालतमा पेश गर्यो लिखित जवाफ, अर्को सुनुवाई कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2021 | 02:11:59 PM मा प्रकाशित

laxmi  sunrise bank

५१ वटा कम्पनीको सुची निकालेको विषयमा नेपाल धितोपत्र बोर्डले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएको छ। सर्वोच्च अदालतले बोर्डको नाममा ५१ वटा कम्पनीको सुची जारी गर्नुको कारणबारे जवाफ माग गर्दै कारण देखाउ आदेश माग गरेपछि बोर्डले जवाफ पठाएको हो । 

बोर्ड विरुद्द मुद्दा दायर गरेका अधिवक्ता रोबिन बोहजुले बोर्ड र कानुन मन्त्रालयले लिखित जवाफ सर्वोच्च अदालतमा पेश गरिसकेको जानकारी अदालतबाट आएको बताएका हुन् । उनका अनुसार मुद्दामा विपक्षी बनाईएका नेप्से र अर्थ मन्त्रालयले लिखित जवाफ पेश गर्न बाँकि छ । 

त्यसपछि यस मुद्दामा फेरि बहस हुने छ । अधिवक्ता बोहजुका अनुसार अदालत यस मुद्दाको लागि भदौ ११ गतेको तारेख दिएको छ । भदौ ११ गतेसम्म बाँकि लिखित जवाफ आईसक्ने र सो दिन पेशी तोकिने उनले बताए । 

धितोपत्र बोर्डले जोखिमपुर्ण रहेको भन्दै बजारमा सुचिकृत ५१ कम्पनीको सुची निकालेपछि यस विरुद्द सर्वोच्च अदालतमा  मुद्दा दायर भएको थियो । यस मुद्दामा सर्वोच्चका न्यायधीश डा. कुमार चुडालको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved