५ वटा कम्पनीको ३४ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2021 | 10:41:05 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा  आज शुक्रबार विभिन्न ५ वटा कम्पनीको गरि ३४ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज ५ कम्पनीको गरि कुल ३४ लाख १८ हजार ६ सय ८९ दशमलव १७ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

आज नाडेप लघुवित्त NADEP Laghubitta Bittiya Sanstha को १० प्रतिशतले हुन आउने ३ लाख ६८ हजार कित्ता बोनस सेयर, प्रुडेन्शियल इन्स्योरेन्स Prudential Insurance Company  को ८ प्रतिशतले हुन आउने ८ लाख २१ हजार १ सय ४५ दशमलव ६० कित्ता बोनस शेयर तथा मिथिला लघुवित्त Mithila Laghubitta Bittiya Sanstha  को १ लाख ४६ हजार ८९ दशमलव ०१ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

त्यस्तै आज नै फरवार्ड माइक्रोफाइनान्स Forward Community Microfinance Bittiya Sanstha को २५ प्रतिशतले हुन आउने १२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता बोनस शेयर र रिलायन्स फाइनान्स Reliance Finance  को १० प्रतिशतले हुन आउने ८ लाख ३२ हजार ४ सय १६ दशमलव ०६ कित्ता बोनस शेयर सुचिकृत भएको छ

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा  आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved