यस कारण घट्यो टेलिकमको मुनाफा, प्रति सेयर आम्दानीमा पनि भारि गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2021 | 10:37:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमको व्यवसायमा कोभिड १९ र घट्दो ब्याजदरको असर देखिएको छ। जस कारण अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष टेलिकमको खुद मुनाफा २ अर्ब २९ करोडले घटेको छ। 

अघिल्लो आर्थिक बर्ष खुद मुनाफा ९ अर्ब ७४ करोड ८९ लाख रहेकोमा गत आर्थिक बर्ष ७ अर्ब ४५ करोड ४० लाखमा सिमित भएको हो। पछिल्लो दुई बर्षदेखि नेपाल लगायत बिश्वभर देखिएको कोभिड १९ का कारण टेलिकमको व्यवसायमा पनि कमि आएको हो। कोभिड १९ को विषम परिस्थितिमा टेलिकमले आफ्ना ग्राहकलाई डाटा तथा भोइस कलमा छुट तथा सुविधा दिएकाले पनि उसको नाफा घटेको हो।  

त्यस्तै बैंक वित्तीय सँस्थाहरुले मुद्दती तथा कल निक्षेपमा दिने ब्याज पनि घटाएकाले टेलिकमको आम्दानी घटेको हो।    

त्यस्तै आम्दानी खुम्चिने स्रोत बढीरहंदा टेलिकमको खर्चका स्रोतहरु जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटहीदरमा आएको परिवर्तन तथा फोरजी र एफटिटिएच जस्ता नविन प्रविधि जडान खर्चमा वृद्धि लगायतले टेलिकमको नाफा घटेको हो।  

कुल सेवा बापत टेलिकमले अघिल्लो आर्थिक बर्ष ३४ अर्ब ६१ करोड आर्जन गरेको छ भने गत आर्थिक बर्ष सेवा बापतको आम्दानी ३।७० प्रतिशतले बढेर ३५ अर्ब ९० करोड रहेको छ।

त्यस्तै अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष टेलिकमको प्रति सेयर आम्दानी पनि ६४ रुपैयाँ ९९ पैसाबाट घटेर ४९ रुपैयाँ ६९ पैसामा सिमित भएको छ।   

गत आर्थिक बर्ष  मुनाफामा कमी आउनुका प्रमुख कारणहरु

क. कोभिडको महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा कमी आएको। 

ख. बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा घट्न गएको हुंदा व्याज आम्दानीमा कमी आएको ।

ग.  कोभिड १९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा उपलव्ध गरिएको हुंदा अघिल्लो वर्षको तुलनामा डाटाको उपयोग बढेतापनि राजश्व आशातितरुपमा वृद्धि हुने अवस्था नरहेको।   

घ. कोभिडको महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा अभुतपूर्व गिरावट आएको तथा ओटीटि को वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्दता सेवामा भारी गिरावट आएको।

ङ. समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटहि दरमा आएको परिवर्तन तथा  फोरजी एफटिटिएच जस्ता नविन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved