सिद्दार्थ बैंकको ब्याज आम्दानी घट्यो, २ अर्ब ८३ करोड खुद मुनाफा हुँदा बाँड्न मिल्ने कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2021 | 09:34:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंकले गत आर्थिक बर्ष उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा खुद मुनाफा ३२।३१ प्रतिशतले बढेको सिद्दार्थको चौथो त्रैमासको अनअडिटेड वित्तीय विवरणमा उल्लेख छ। 

अघिल्लो आर्थिक बर्षको तुलनामा सिद्दार्थको खुद मुनाफा ६९ करोडले बढेको छ। अघिल्लो आर्थिक बर्ष २ अर्ब १४ करोड खुद मुनाफा आर्जन गरेकोमा गत आर्थिक बर्ष २ अर्ब ८३ करोड खुद मुनाफा आर्जन गरेको हो। 

२ अर्ब ८३ करोड खुद मुनाफा आर्जन गरेकोमा  सिद्दार्थ बैंकसँग सेयरधनीहरुलाई वितरणगर्न मिल्ने कमाई अर्थात वितरणयोग्य मुनाफा १ अर्ब २१ करोड रहेको छ। 

सिद्दार्थको निक्षेप २९।५९ प्रतिशतले बढेर १ खर्ब ८० अर्ब पुगेको छ भने कर्जा लगानी २८।३० प्रतिशतले बढेर १ खर्ब ५८ अर्ब पुगेको छ। मध्यमस्तरको व्यवसाय बिस्तार गरेको सिद्दार्थ बैंकले मूल व्यवसाय अर्थात खुद ब्याज आम्दानीबाट ५ अर्ब ५३ करोड कमाई गरेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा सिद्दार्थको खुद ब्याज आम्दानी ४ अर्बले कम हो।  

यस अवधिमा बैंकको चुक्तापुंजी १० अर्ब ९६ करोड रहेको छ भने रिजर्भ एण्ड सरप्लसमा ८९ अर्ब ३० करोड रहेको छ। त्यस्तै यस अवधिमा बैंकको खराब कर्जा अनुपात पनि १.३८ प्रतिशतले घटेर १.१६ प्रतिशत पुगेको छ। 

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २५ रुपैयाँ ८७ पैसा, प्रति सेयर नेटवर्थ १८४ रुपैयाँ ८६ पैसा र मुल्य आम्दानीको अनुपात १९ दशमलब ४८ गुणा रहेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved