बोर्ड अध्यक्ष ढुंगाना, संचालक ढकाल र नेप्से सीइओ साउदलाई निलम्बन गर्न सांसद झाक्रीको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2021 | 12:29:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सांसद राम कुमारी झाक्रीले सर्वोत्तम सिमेन्टको शेयर खरिद बिक्रिमा संलग्न रहेका नियामक निकायका जिम्मेवार व्यक्तिहरुलाई तत्काल निलम्बन गर्न माग गरेकी छिन्  ।  अर्थ समितिको आजको बैठकमा उनले शेयर खरिद बिक्रिमा संलग्न बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र बोर्डका संचालक चन्द्र ढकाललाई तत्काल निलम्बन गरेर छानविन गर्न माग गरेकी हुन् ।  

सांसद झाक्रीले उनीहरुलाई निलम्बन गरेर छानविन गर्नु पर्ने माग राखेकी हुन् । निलम्बन नगरी छानविन गर्दा छानविन प्रक्रिया प्रभावित हुन सक्ने भएकोले निलम्बन गरेर मात्र छानविन गर्नु पर्न  उनको भनाई थियो । 

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका नियामक निकायका प्रमुखले परिवारको नाममा शेयर किनेको विषमा छानविन भईरहेको बताएका छन् ।  मन्त्री शर्माले यस विषयमा विज्ञ सहित राखेर ५ सदस्यीय छानविन समिति बनाईएको र समितिले छानविन गरिरहेको बताएका हुन्। यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र छानविन समितिको प्रतिवेदन आएपछि कारवाही गर्ने उनको भनाई थियो । 

बैठकमा अर्थसचिव मधु मरासिनीले सुरुमा नेपाल धितोपत्र र्बोर्ड र नेपाल स्टक एक्सचेन्जको नाममा स्पष्टिकरण सोधिएको  र साउन २७ गते बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदको नाममा स्पष्टिकरण सोधिएको बताए ।  यस शेयर कह्रिड बिक्रि प्रकरणमा अरु आफन्त पनि संलग्न भएको देखिएकोले छानविन भईरहेको बताए ।  

बोर्डका अध्यक्ष् ढुंगाना र नेप्सेका सीइओ साउदले आफ्नो परिवारको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको भेटिएपछि अर्थ समितिले यस विषयमा छलफल गरिरहेको छ ।  समितिले यस अघि बोर्ड अध्यक्ष ढुंगाना र नेप्से सीइओ साउदलाई बोलाएर छुट्टै छुटै छलफल गरेको थियो ।  आज समितिले अर्थ मन्त्री र अर्थ सचिवलाई बोलाएर छलफल गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved