बिहिबार ७६ अंकले घट्यो नेप्से, २ वटा बाहेक सबै कम्पनीको शेयर मूल्यमा गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2021 | 03:30:32 PM मा प्रकाशित

बिहिबार शेयर बजार परिसूचक नेप्से २.६५ प्रतिशतले गह्तेको छ । आज नेप्से सूचक ७६.६५ अंकले घटेर २८१२.३९ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २२९ कम्पनीका १ करोड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता शेयर खरिद बिक्रिबाट ९ अर्ब ३ करोड ३९ लाख ६ सय २३ रुपैयाँ ०९ पैसाको कारोबार भएको छ । जस मध्ये अरुण भ्याली हाइड्रोको सबै भन्दा धेरै ३८ करोड ६० लाख, रिडी हाइड्रोको २८ करोड ३८ लाख, अपि पावरको २५ करोड ५८ लाख, युनाईटेड मोदीको २२ करोड ९८ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समुह सबै भन्दा धेरै ४.९४ प्रतिशत तथा हाइड्रो समुह ४.०८ प्रतिशतले घटेको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै ८.१७ प्रतिशतले घटेको छ भने श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयर मूल्य ७.१८ प्रतिशत तथा आईसीएफसी फाइनान्सको शेयर मूल्य ७.०३ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये २ वटा कम्पनी बाहेक सबै कम्पनीको शेयर मूल्य घतेको घटेको छ । आज मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य ०.०२ प्रतिशतले बढेको छ । यी २ बाहेक कारोबारमा आएका सबै १८३ कम्पनीको मूल्य घटेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved