कुन मूल्यमा भयो मैलुङ खोला जलविद्युत कम्पनीको पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2021 | 10:50:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार सुचारु भएको छ । कम्पनीको पहिलो कारोबार १८६.५ रुपैयाँमा भएको छ ।   कम्पनीको MKJC सिम्बलबाट कारोबार सुरु भएको हो ।  

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९५.७५ रुपैयाँदेखि २८७.२५ रुपैयाँसम्मको रेन्ज तोकेको थियो ।  यस रेन्जमा रहेको जुनसुकै मूल्यबाट कम्पनीको शेयर कारोबार सुरु हुन सक्ने अवस्था रहेकोमा १८६.५ रुपैयाँबाट कारोबार सुरु भएको हो  । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । मंगलबार कम्पनीको ३६ लाख ८१ हजार ४ सय ३० कित्ता शेयर सुचिकृत भएको थियो ।  

कम्पनीले साउन १४ गतेदेखि आईपिओ निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणको लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १४ हजार ७ सय २६ कित्ता कर्मचारीको लागि र ३६ हजार ८ सय १४ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । 

 कम्पनीले रसुवा जिल्लाको डाँडागाउँमा ५ मेगावाटको मैलुङ  आयोजना संचालन गरिरहेको छ । २०७१ असारदेखि नै आयोजनाले विद्युत बिक्रि गरिरहेको छ । भूकम्पको कारण आयोजनामा क्षति पुगेर बीचमा उत्पादन रोकिएकोमा २०७३ भदौबाट फेरी उत्पादन गरिरहेको छ । आयोजनाको कुल लागत ९० करोड २९ लाख ३५ हजार र प्रति मेगावाट लागत १८ करोड ५ लाख ८७ हजार रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved