एचआईडिसीएलको लिलामीको शेयरको प्रारम्भिक कट अफ मूल्य तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2021 | 09:45:30 PM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआईडिसीएल) ले लिलाममा ल्याएको शेयरको प्रारम्भिक कट अफ मूल्य तय भएको छ।  बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार सर्बसाधारणतर्फको शेयरको लागि २२५ प्रारम्भिक कट अफ मूल्य तय भएको छ ।  

यद्यपि बैंक खातामा भएको विवरण संग थप रुजु गर्नु पर्ने भएकोले यसमा केहि रुपैयाँ तल माथि हुन सक्ने क्यापिटलले जनाएको छ  ।  क्यापिटलले आज शुक्रबार बिहान ८ बजेदेखि शिलबन्दी बोलपत्र खोलेको हो । शिलबन्दी बोलपत्र खोल्ने काम मध्यान्ह मै सकिए भएपनि आवेदन प्रोसेसिङ गर्दा अहिले राति मात्र प्रारम्भिक कट मफ मूल्य तय भएको हो। 

कम्पनीले असोज ७ गतेदेखि असोज १४ गतेसम्म हकप्रदमा अवितरित शेयर लिलाममा ल्याएको हो ।  कम्पनीले साउन ४ गतेदेखि १:१ को अनुपातमा शत प्रतिशत हकप्रद बिक्री खुला गर्दा अवितरित हकप्रद सेयर अहिले लिलाम बढाबढ मार्फत बिक्रि भएको हो। कम्पनीले  संस्थापक तर्फ ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समुहतर्फ ३२ लाख २९ हजार ७२४ कित्ता सेयर गरि कुल ३ करोड ६२ लाख २९ हजार ७ सय २४ कित्ता शेयर लिलाममा ल्याएको हो। सर्बसाधारण तर्फ ४८ सय वटा आवेदन परेको थियो भने संस्थापतर्फ कुनै आवेदन परेको थिएँन।  

 एचआईडिसीएलले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात १:१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन  गरेको थियो। हकप्रदमा बिक्रि नभएको शेयर लिलाममा आएको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved