इन्भेष्टमेन्ट बैंकको लाभांश परिमार्जन, बोनस दर बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2021 | 10:07:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited ले लाभांश प्रस्ताव परिमार्जन गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट बितरण गर्न प्रस्ताव गरिएको लाभांश दरमा सामान्य परिमार्जन गरेको हो । 

राष्ट्र बैंकको निर्देशन अनुसार दर हेरफेर गरिएको बैंकले जनाएको छ  । बैंकले यस अघि ११.२४ प्रतिशत बोनस शेयर र ४.७६ प्रतिशत नगद लाभांश गरि कुल १६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो । 

अहिले भने बैंकले कुल लाभांश १६ प्रतिशतबाट थप घट नहुने गरि बोनस दर बढाएर नगद लाभांश दर कम गरेको हो  ।  बैंकले अब हाल कायम चुक्ता पुंजीको १२.६११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ३.३८९ प्रतिशत नगद लाभांश गरि कुल १६ प्रतिशत बितरण गर्ने प्रस्ताव गरेको हो  ।  कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।  

हाल कम्पनीको चुक्ता पुंजी १६ अर्ब २५ करोड ७३ लाख २९ हजार रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved