दोहोरो अंकले बढ्यो नेप्से, बेस्ट फाइनान्स र रिडी हाइड्रोमा पोजेटिभ सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2021 | 03:45:10 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक २७.५१ अंकले बढेर २५८४.५२ को बिन्दुमा पुगेको छ 

आज कारोबारमा आएका २२५ कम्पनीका ५८ लाख १८ हजार २५ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ७७ करोड ३४ लाख २० हजार १ सय ३५ रुपैयाँ बराबरको भएको छ । जस मध्ये आइसीएफसी फाइनान्सको १५ करोड ९१ लाख बराबरको कारोबार भएको छ । त्यस्तै एनआईसी एसिया बैंकको ९ करोड ३५ लाख र अरुण भ्याली हाइड्रोको ८ करोड ६४ लाख बराबरको कारोबार भएको छ । 

आज कारोबारमा आएका ट्रेडिङ बाहेकका समुहगत सूचक बढेका छन् । ट्रेडिङ समुह भने १.०७ प्रतिशत घटेको छ । आज फाइनान्स समुह सबैभन्दा धेरै ४.११ प्रतिशतले बढेको छ । 

आज बेस्ट फाइनान्स र रिडी हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने मेरो माइक्रोफाइनान्सको शेयर मूल्य १० प्रतिशतले घटेको छ । 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved