३२.२२ अंकले बढ्यो नेप्से, मेरो माइक्रोफाइनान्समा पोजेटिभ सर्किट, नबिलको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2021 | 03:49:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार शेयर बजार परिसूचक नेप्से १.२८ प्रतिशतले बढेको छ । आज नेप्से सूचक ३२.२२ अंकले बढेर २५४६.०८ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २२७ कम्पनीका ९४ लाख ७१ हजार ३ सय ११ कित्ता शेयर खरीद बिक्रिबाट ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २ सय ७१ रुपैयाँको कारोबार भएको छ । जस मध्ये नबिल बैंकको सबै भन्दा धेरै १७ करोड १५ लाख, नेशनल हाइड्रोको १५ करोड ३२ लाख, हिमालयन डिस्टिलरीको १४ करोड ९७ लाख, महालक्ष्मी विकास बैंकको १४ करोड ४५ लाख तथा नेपाल टेलिकमको १३ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये सबै समुहगत सूचक बढेका छन् । जस मध्ये विकास बैंक समुह सबै भन्दा धेरै ३.४५ प्रतिशत, हाइड्रोपावर समुह २.८८ प्रतिशत तथा फाइनान्स समुह २.५४ प्रतिशतले बढेको छ ।

आज मेरो माइक्रोफाइनान्सको शेयर मूल्य १० प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.५५ प्रतिशत, साहस उर्जाको ८.१७ प्रतिशत तथा महुली लघुवित्तको शेयर मूल्य ७.६९ प्रतिशतले बढेको छ ।

आज जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य ६.८८ प्रतिशतले तथा न्यादी हाइड्रोको शेयर मूल्य ४.७१ प्रतिशतले बढेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved