एनएमबि लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् मर्जर सहितका ८ बुँदे प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2021 | 09:50:17 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २६ गते सोमबार पोखराको पार्दी स्थित होटेल पोखरा ग्राण्डमा सभा आह्वान गरेको हो  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २१.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १.१३ प्रतिशत नगद लाभांश गरि कुल २२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी ५३ करोड ९८ लाख ४ हजार रहेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

बैंकले साधारणसभा प्रयोजनको लागि पुस ९ गतेदेखि २६ गतेसम्म  बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् सभामा पेश हुने प्रस्ताव :

सामान्य प्रस्ताव

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, आ.व. २०७७/०७८ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आ.व. २०७४/०७९ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धमा।

४. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १.१३ (एक दशमलव एक तीन) प्रतिशतका दरले हुन आउने रकम रु. ६१,०८,३१७.७६। (अक्षरुपी एकसठ्ठी लाख आठ हजार तीन सय सत्र रुपैयाँ छहत्तर पैसा मात्र) नगद लाभांश वापत (वोनस शेयरको कर प्रयोजनको लागि मात्र) वितरण गर्ने प्रस्ताव पारित गर्ने सम्बन्धमा ।

विशेष प्रस्ताव 

१. सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम हाल कायम चुक्ता पूँजी रु. ५३,९८,०४,८२५.००।- (अक्षरुपी त्रिपन्न करोड अन्ठानब्ये लाख चार हजार आठ सय पच्चिस रुपैयाँ मात्र) को २१.५० प्रतिशतले हुन आउने रकम रु ११,६०,५८,०३७.३८ । (अक्षरुपी एघार करोड साठी लाख अन्ठाउन्न हजार सैतिस रुपैयाँ
अठ्तीस पैसा मात्र) बराबरको बोनस शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने सम्बन्धमा ।

२. बोनश शेयर जारी भए पश्चात वित्तीय संस्थाको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी बृद्धि लगायतका बिषयहरु समावेश गरि संस्थाको प्रवन्धपत्र संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा । (यससँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदनमा संलग्न
गरिएको छ)।

३. वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा । (यससँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदनमा संलग्न गरिएको छ)।

४. यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका अन्य लघुवित्त वित्तीय संस्थासंग गाभ्ने/गाभिने वा प्राप्ति (Merger/Acquisition) सम्बन्धी प्रकृया अगाडी बढाउन उपयुक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गर्ने, मूल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई प्रदान गर्ने सम्बन्धमा । वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल वा परिमार्जनका लागि निर्देशन भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved