नेप्से सूचक ६ प्रतिशतले बढेपछि आजको लागि कारोबार स्थगित, टर्नओभर भने २ अर्ब भन्दा कम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2021 | 01:34:31 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेपछि आजको लागि कारोबार बन्द भएको छ । १  बजेर २६ मिनेटमा नेप्से सूचक ६.०१ प्रतिशत अर्थात् १३७.१८ अंकले बढेपछि आजको लागि कारोबार स्थगित भएको हो ।

यस अघि नेप्से सूचक १२ बजेर ३८ मिनेटमा नेप्से सूचक ५.०१ प्रतिशत अर्थात् ११४.२५ अंकले बढेपछि कारोबार ४० मिनेटको लागि स्थगित भएको थियो  । १:१८ बजे कारोबार खुलेकोमा ८ मिनेट मै नेप्से सूचक थप १ प्रतिशतले बढेपछि आजको लागि कारोबार नै स्थगित भएको हो । 

हालको सर्किट ब्रेकको नियम अनुसार  पहिलो घण्टामा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगित हुनेछ  त्यस्तै दोस्रो घण्टामा सूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित हुनेछ  र तेस्रो घण्टा वा त्यसपछिको समयमा सूचक ६ प्रतिशतले घटे वा बढे बाँकि पुरै दिनको कारोबार स्थगित हुनेछ   

आज नेप्से सूचक १३७.१८ अंकले बढेको छ  आज कारोबारमा आएका २२० कम्पनीका ४० लाख ८५ हजार ९ सय ५६ कित्ता शेयर खरीद बिक्रि बाट १ अर्ब ८४ करोड २६ लाख ४७ हजार मात्र रहेको छ  

आज कारोबारमा आएका समुहगत सूचक बढेका छन्   आज विकास बैंक समुह सबै भन्दा धेरै ९.२ प्रतिशतले बढेको छ भने फाइनान्स समुह ८.६२ तथा , ट्रेडिङ समुह ८.०१ प्रतिशतले बढेको छ  आज नबिल बैंकको सबै भन्दा बढी ९ करोड ८ लाख अब्रब्र्को कारोबार भएको छ   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved