कर्पोरेट डेभलपमेन्ट बैंकले माघ ७ देखि हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2022 | 10:33:28 AM मा प्रकाशित

laxmi  sunrise bank

 कर्पोरेट डेभलपमेन्ट बैंकले माघ ७ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले १:१.५० को अनुपातमा १५० प्रतिशतले हुन आउने ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो

कम्पनीको हकप्रदमा माघ २७ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि माघ २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २५ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।  हकप्रद शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  

बैंकले हकप्रद निष्काशनको अनुमति माग गर्दै गत वर्षको पुस २६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो  । बोर्डले पुस १ गते हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो  ।  

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको तीन वर्षपछि कर्पोरेट डेभलपमेन्ट बैंकलाई २०७४ माघ १८ गते समस्याग्रस्त संस्थाबाट मुक्त गरेको थियो। समस्याग्रस्तबाट फुकुवा भएपछि बैंकले राष्ट्र बैंकले तोके बमोजिम पुँजी पुर्याउन हकप्रद निष्काशन गर्न लागेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved