न्यादी हाइड्रोपावरको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2022 | 06:58:15 PM मा प्रकाशित

laxmi  sunrise bank

न्यादी हाइड्रोपावर लिमिटेडको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ  ।  कम्पनीको केन्द्रिय कार्यालय, बुद्धनगर, काठमाडौमा सञ्चालक समितिका अध्यक्ष  ओम प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

सभाले सञ्चालक समितिवाट पेश भएका सबै प्रस्तावहरु पारित गरेको छ । जसअनुसार संचालक समितिको प्रतिवेदन, आ.व. २०७७।७८ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तिय विवरणहरु, लेखापरीक्षण समितिको सिफारिस वमोजिम आ.व. २०७८।७९ को लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, तथा संचालक समितिमा संचालकहरुको संख्या थप गरी सात जना पु¥याएर एक जना महिला संचालक सर्वसाधारण शेयरधनीहरुको तर्फवाट निर्वाचित हुने व्यवस्था सहित कम्पनीको नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव लगायतका प्रस्तावहरु पारित भएको छ । 

कम्पनीले सभामा आयोजनाको अवस्थाबारे निम्न जानकारी दिएको छ । 

यस कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्दी गाउँपालिका स्थित न्यादी नदीमा निर्माण गरिरहेको ३० मे.वा.को न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य जारी कोभिड १९ र यसका नयाँ भेरियन्टहरुका कारण प्रभावित भयो । तथापि सो प्रतिकुल प्रभावका बाबजुद सिमित क्षमता निर्माण कार्यलाई निरन्तरता दिई हाल सबै निर्माण कार्यहरु सम्पन्न भई ड्राई टेष्टका कार्यहरु समेत सम्पन्न भएको छ। नेपाल विद्युत प्राधिकरणवाट उलपब्ध हुनुपर्ने २२० के.भी.को प्रशारण लाईन तथा खुदी सवस्टेशनको निर्माणको कार्य ढिलाई भएका कारण सो आयोजनाको ड्राई टेष्ट को कार्य सम्पन्न गरी नेपाल विद्युत प्राधिकरणलाई विद्युत आपूर्ति गर्न ढिलाई हुन पुगेको छ । सो समस्याको समाधानका लागि यस कम्पनीले नेपाल विद्युत प्राधिकरणको १३२ के.भी. प्रशारण लाईनमा जोड्ने सम्बन्धमा आवश्यक पहल गरी नेपाल विद्युत प्राधिकरणको सहमति लिई अतिरिक्त ३.५ कि.मी. प्रशारण लाईन निर्माण सम्पन्न गरेको छ । तर, उक्त प्रशारण लाईनवाट ५० मेगावाटको अपर मस्र्याङ्दी जलविद्युत आयोजनाको उत्पादित विद्युत प्रशारण भईरहेको सोही प्रशारण लाईनवाट यस आयोजनको विद्युत आपूर्ति गर्दा सिनो सगरमाथा कम्पनीवाट आवश्यक समन्वय तथा सहकार्य हुनु पर्नेमा सो प्राप्त हुन सकेको छैन र त्यस सम्बन्धमा नेपाल विद्युत प्राधिकरण तथा यस कम्पनीले आवश्यक पहल गरी रहेको छ ।

यस कम्पनीले विद्युत उत्पादन गरी आपूर्ति गर्ने अवस्थामा सिनो सगरमाथा कम्पनीले अलग्गै सबस्टेशन निर्माण गर्न पर्ने शर्तहरु राखेको कारण कठिनाई उत्पन्न भएको छ । यस कम्पनीले सो समस्या समाधानका लागि आवश्यक पहल गरिनै रहेको छ । यद्यपी, आयोजना तयारी भएर पनि यस्तो सुख्खायाममा विद्युत आपूर्ति गर्न नपाउँदा यस कम्पनी तथा यसका लगानीकर्ता, स्थानीय जनता तथा सर्वसाधारण शेयरधनीहरुलाई गम्भिर मार्का परेको छ । अर्को तर्फ देशमा विद्युत आयत गरेर मागको व्यवस्थापन गर्नु परिरहेको अवस्था छ । अतः यस आयोजनाको समस्या समाधान गर्नका लागि सरोकारवाला तथा नीति निर्माता एवं निर्णयकर्ताहरु सबैको समुचित ध्यान पुग्नेछ भन्ने विश्वास लिइएको छ । साथै, उल्लेखित समस्या यसै आर्थिक वर्ष भित्र समाधान भएर आयोजना उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई आपूर्ति गर्ने लक्ष रहेको छ । 

 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved