एनआईसी क्यापिटल बन्यो नम्बर वान, पुससम्ममा खोल्यो ५ लाख २९ हजार डिम्याट खाता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2022 | 12:54:24 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया क्यापिटलको आ.व. २०७८÷०७९ को दोश्रो त्रैमाससम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । पछिल्लो समयमा मर्चेण्ट बैंकिङ्ग व्यवसायमा बढ्दै गईरहेको तिब्र प्रतिस्प्रर्धा तथा कोरोना महामारीबा सिर्जना भएको चुनैतिका बाबुजुत पनि आ.व.२०७८÷०७९ को दोश्रो त्रैमाससम्म क्यापिटलले समग्र व्यवसायमा उत्साहजनक बृद्धि गर्न सफल भएको जनाएको छ । 

आ.व. २०७८÷०७९ को दोश्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार क्यापिटलले रु.५ करोड ४९ लाख ६९ हजार खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी रु.५४.९७ कायम गर्न सफल भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ७५.५९ प्रतिशतले बृद्धि हो ।

आ.व. २०७८÷०७९ को दोश्रो त्रैमास अन्त्यसम्म क्यापिटलले एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत चार वटा योजनाहरु संचालन गरिरहेको छ । जस अन्तर्गत तीनवटा बन्दमुखी योजनाहरु “एन आई सी एशिया ग्रोथ फण्ड”, “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” र “एन आई सी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड)” तथा एउटा खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” संचालन गरिरहेको छ । पाँचौ रु.१ अर्व बराबरको बन्दमुखी योजना “एन आई सी एशिया फेलेक्सी क्याप फण्ड” नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको अन्तिम चरणमा रहेको क्यापिटलले जनाएको छ ।

“एन आई सी एशिया ग्रोथ फण्ड” तथा “एन आई सी एशिया ब्यालेन्सड् फण्ड”ले संचालनमा आएको पहिलो वर्ष देखि नै नगद लाभांश वितरण गर्न सफल भएको थियो । ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत र तेश्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ५२ प्रतिशत लाभांश वितरण गरिसकेको छ भने ब्यालेन्सड् फण्डले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत र दोश्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ३८ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको थियो ।

क्यापिटलले पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” संचालनमा आएको पहिलो वर्षमा नै १० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको थियो । उक्त लाभांश वितरण पश्चात् समेत आ.व. २०७८÷०७९ को दोश्रो त्रैमासको अन्त्यमा “एन आई सी एशिया ग्रोथ फण्ड” को खुद सम्पत्ति मूल्य न्याभ रु.१५.९०, “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” को खुद सम्पत्ति मूल्य  न्याभ  रु. १४.६३ तथा पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” को खुद सम्पत्ति मूल्य न्याभ रु. १०.९३ कायम गर्न सफल भएको क्यापिटलले उल्लेख गरेको छ । क्यापिटलका अन्सुअर तेश्रो बन्दमुखी योजना एन आई सी एशिया सेलेक्ट ३० इन्डेक्स फण्डको बाँडफाँड भएको पहिलो छ महिनामा खुद सम्पत्ति मूल्य ९ल्ब्ख्० रु. १०.२९ कायम रहेको छ । 

क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम् योजनाहरु संचालन गरीे आ.व. २०७८÷०७९ को दोश्रो त्रैमाससम्म ५२४ जना ग्राहकहरुबाट रु.१ एक अर्व ५३ करोड भन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको उल्लेख गरेको छ । जुन गत वर्षको सोही अवधीको तुलनामा १५१ प्रतिशतले बृद्धि हो । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत t Income Guaranteed Fund, Priority Services  जस्ता विशेष योजनाहरु संचालन गरिरहेको छ । जुन सेवा अनलाईन मार्फत समेत लिन सकिन्छ । 

क्यापिटलले  “एक नेपाली, एक डिम्याट खाता” अभियान संचालन गरिरहेको छ । क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई सहज र सर्वसुलभ रुपमा आम जनता माँझ पु¥याउन एन आई सी एशिया बैंक लिमिटेडको देशभर छरिएर रहेका सम्पूर्ण शाखा कार्यालयहरू तथा विस्तारित काउण्टरबाट समेत डिम्याट खाता खोल्ने, शेयरको अभौतिकीकरण गर्ने लगायतका निक्षेप सदस्यबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु सहजै रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको उल्लेख गरेको छ । डिम्याट खाता खोल्दा लामो समय लाग्ने र उपत्यका बाहिरबाट डिम्याट खाता खोल्न निकै असहज भईरहेको भन्ने जनगुनासो सम्बोधन गर्न नेपालको जुनसुकै भू–भागबाट समेत अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।

क्यापिटलले २०७८ साल पौष मसान्तसम्म ५ लाख २९ हजार भन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याको आधारमा नम्बर १ कम्पनी बन्न सफल भएको उल्लेख गरेको छ । क्यापिटलले समग्र बजारको ११ प्रतिशत हिस्सा ओगटन सफल भएको हो ।

हाल क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियानको साथै, ४ वर्षको नविकरण शुल्क भुक्तानी गर्दा ५ वर्षसम्म डिम्याट खाता नविकरण हुने, रु.२,५०० एकमुष्ट भुक्तानी गर्दा लाईफटाईम डिम्याट खाता नविकरण हुने, एन आई सी एशिया विद्यार्थी डिम्याट खाता योजना अन्तर्गत निःशुल्क डिम्याट तथा मेरो शेयर खाता, अनलाईन मार्फत डिम्याट खाता खोल्दा १ घण्टा भित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउने लगायतका योजनाहरु संचालन गरिरहेको छ ।

साथै पछिल्लो समयमा एन आई सी एशिया क्यापिटलले एन आई सी एशिया डिम्याट सेवा अन्तर्गत नेपालमै पहिलो पटक “OPEN and WIN” योजना अन्तर्गत साप्ताहिक रुपमा स्मार्ट वाच सहितका विभिन्न उपहार प्रदान गर्ने योजना सार्वजनिक गरेको छ। डिम्याट खाता खोल्ने सेवाग्राहीहरुको संख्या बढेसंगै ग्राहकहरुको आवश्यकता अनुरुपको जानकारी उपलब्ध गराउने मुख्य उद्देश्यका साथ छुट्टै कस्टुमर केयर युनिट खडा गरी सेवा प्रदान गर्न सुरु गरेको छ । 

क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत २०७८ साल पौष मसान्तसम्मा १० वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । निष्कशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म ७ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन, ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन र १५ वटा कम्पनीको बोलकबोल मार्फत शेयर बिक्री गर्ने कार्य सम्पन्न गरेको छ । 

साथै क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष संचालन गर्नको लागि आसाय पत्र प्राप्त गरिसकेको र यथासिघ्र विशिष्टीकृत लागनी कोष अन्तर्गत Private Equity/Venture Capital (PE/VC)  सेवा प्रदान गरिने जनाएको छ । 

हाल क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहक माँझ पु¥याउन डिम्याट तथा मेरो शेयर खाता खोल्न, नविकरण गर्ने, खुलामुखी योजनाको इकाईको खरिद पूनखरिद र लगानी व्यवस्थापन सेवा समेत अनलाईन मार्फत लिन सकिने व्यवस्था मिलाएको छ । साथै आगमी दिनमा क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई डिजिटलाईज रुपमा उपत्यका बाहिरबाट समेत अनलाईन मार्फत गर्दै लैजाने रणनीति लिएको जनाएको छ । 

यो पनि : 

एनआईसी एशिया बैंकको नाफा २ अर्ब ४० करोड, ईपीएस ४१ रुपैयाँ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved