एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2022 | 08:21:33 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited को ऋणपत्रमा आवेदन दिने आज माघ १७ गते अन्तिम दिन रहेको छ । बैंकले माघ ३ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो ।

कम्पनीले १,००० अंकित दरको २० लाख कित्ताले हुन आउने २ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो  । जस मध्ये १२ लाख कित्ता निजि तबरले बिक्रि गरिने र ८ लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । सर्वसाधारणलाई छुट्याईएको ८ लाख कित्ता मध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  ८ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्मको लागि दिन सकिने छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मङ्सिर २० गते ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved