नेप्सेका नवनियुक्त सीईओ कार्कीलाई शेयर लगानीकर्ता संघले दियो आधा दर्जन सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2022 | 04:23:18 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ता संघ नेपालले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीलाई भेटेर बधाई ज्ञापन गर्दै विभिन्न सुझाव दिएको छ । संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलको नेतृत्वमा गएको टोलीले नेप्से सीइओ कार्कीलाई सफल कार्यकालको लागि शुभकामना दिदै बजार सुधार र विकासका लागि विभिन्न सुझाव दिएको हो।

उपाध्यक्ष फुल्लेलका अनुसार संघले २-३ अर्बको कारोबार हुने अनुमान गरी बनाईएको सफ्टवेयरलाई स्तरोन्नती गरी कम्तिमा ५०-६० अर्बको कारोबार धान्न सक्ने बनाउनु पर्ने, बजारको आकार बढ्दै गएकोले स्थानिय तहसम्म पुग्न सक्ने संस्थागत र विश्वसनीय नयाँ ब्रोकरहरू थप्नु पर्ने, विगतमा लगानीकर्ताका संघ संगठनहरू बिच भएका सम्झौता कार्यन्वयन गर्नु पर्ने, ५८ बुँदेमा उल्लेख भएका नेप्से संग सम्बन्धित कार्यान्वयन हुन बाँकी बुँदाहरू तत्काल कार्यान्वयन गरिनुपर्ने, नेप्सेको वेबसाइटबाट लगानीकर्ताले झेल्नु परेको समस्या तत्काल समाधान गरीनु पर्ने लगायतका सुझाव दिएको छ। 

त्यस्तै संघले टिएमएस सहित हरेक जानकारी मुलक नेप्से एप बनाई कार्यान्वयनमा ल्याउनु पर्ने, बजारको विकृतिको रूपमा फैलिरहेको ईन्साईडर ट्रेडिङ रोक्न र सेयर कर्नरिङ सम्बन्धि समस्या न्युनिकरण गर्नु पर्ने, बजार सम्बन्ध नीति नियमहरू ल्याउँदा लगानिकर्ताहरूको सुझावहरू समेट्नु पर्ने जस्ता मौखिक सुझावहरू दिईएको उपाध्यक्ष फुल्लेलले बताए । 

नेप्सेका नव नियुक्त सीईओ कार्कीले गत बुधबार पदबहाली गरेका हुन्।  कार्कीलाई माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सीइओ नियुक्त गरेको हो । नेप्सेको सीईओका लागि डा. केशव श्रेष्ठ, डा. रमेशकुमार भण्डारी र कृष्णबहादुर कार्कीको नाम सिफारिस भएको थियो । ति मध्येबाट सरकारले कार्कीलाई सीइओ नियुक्त गरेको हो ।  कार्की बुढीगण्डकी जलविद्युत आयोजनाका वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्र्थापना इकाइ प्रमुख थिए। नेप्सेको सीईओमा नियुक्त भएपछि कार्कीले आयोजनाबाट राजीनामा दिएका छन्।  

नेप्से पछिल्लो ६ महिनादेखि नेतृत्त्व बिहिन अवस्थामा थियो । पदबाट चन्द्र सिंह साउदले २०७८ भदौ ८ गते राजिनामा दिएका थिए । प्रिमियम मुल्यमा आइपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर श्रीमतीको नाममा  खरीद गरिएको सार्वजनिक भएपछि उनले पदबाट राजिनामा दिएका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved