नेप्सेमा आज ६ कम्पनीको ३ करोड ७६ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2022 | 08:37:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार ६ कम्पनीको ३ करोड कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा बैंक अफ काठमांडू, लुम्बिनी विकास बैंक, हिमालयन डिस्टिलरी, आईसीएफसी फाइनान्स, मुक्तिनाथ विकास बैंक र एनसीसी बैंकको गरि कुल ३ करोड ७६ लाख ८० हजार ७ सय ४१ दशमलव ७१९ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

आज बिओकेको १० प्रतिशतले हुन आउने ९६ लाख ५८ हजार १ सय ७६ दशमलव ४२९० कित्ता बोनस शेयर, लुम्बिनी विकास बैंकको १३ प्रतिशतले हुन आउने ३७ लाख ७८ हजार ३ सय ८९ दशमलव ६१ कित्ता बोनस शेयर र हिमालयन डिस्टिलरीको ७५ प्रतिशतले हुन आउने ६५ लाख ७ हजार ७ सय ६७ दशमलव ८१ कित्ता शेयर सुचिकृत भएको हो । 

त्यस्तै आईसीएफसी फाइनान्सको १० प्रतिशतले हुन आउने १० लाख २८ हजार ४ सय ९४ कित्ता बोनस शेयर, मुक्तिनाथ विकास बैंकको १७.५७५ प्रतिशतले हुन आउने ८४ लाख ५६ हजार ३ सय दशमलव ५३ कित्ता बोनस शेयर र एनसीसी बैंकको ८ प्रतिशतले हुन आउने ८२ लाख ५१ हजार ६ सय १३ दशमलव ३४ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved