नेप्सेमा २ वाणिज्य बैंकसहित ४ कम्पनीको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2022 | 03:02:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार २ वाणिज्य बैंकसहित ४ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा ४ कम्पनीको गरि कुल ३ करोड ९० लाख ७५ हजार ४ सय ४६ दशमलव ७९ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

आज प्रभु बैंकको १२ प्रतिशतले हुन आउने १ करोड ३६ लाख १६ हजार ४ सय ६८ दशमलव ७६ कित्ता बोनस शेयर , ग्लोबल आईएमई बैंकको १० प्रतिशतले हुन आउने २ करोड १६ लाख ३२ हजार ५ सय ३ दशमलव ०३ प्रतिशत बोनस शेयर , बुटवल पावरको १० प्रतिशतले हुन आउने २९ लाख ४९ हजार ६ सय ६३ कित्ता बोनस शेयर र फर्स्ट माइक्रोफाइनान्सको १० प्रतिशतले हुन आउने ८ लाख ७६ हजार ८ सय १२ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन्   । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved