नयाँ सारथी लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2022 | 10:07:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र २०७७ असोज ५ गतेपछि कायम शेयरधनीलाई बोनसमा कर लाग्ने भएको कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले  आ.ब.२०७७/७८ सम्मको संचित मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजि रु.२५,४९,५४,०००।-(अक्षरेपी पचिस करोड उनन्पचास लाख चौवन्न हजार मात्र) को १९% (उन्नाईस प्रतिशत) ले हुन आउने रकम रु.४,८४,४१,२६०।-(चार करोड चौरासी लाख एकचालिस हजार दुईसय साठी मात्र) को बोनस शेयर र उक्त बोनस शेयरको लागि आ.ब.२०७७/७८ मा साविक सारथी लघुवित्त वित्तीय संस्था र नयाँ नेपाल लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने(मर्जर) प्रकृया सम्पन्न गरी नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड) को नामबाट एकिकृत कारोबार प्रारम्भ भएको मिति २०७७ आश्विन ०५ गते पश्चात शेयर खरिद गरेका शेयरधनीहरुको हकमा प्रचलित आयकर ऐन, २०६३ को दफा ४७(क) बमोजिम आयकर लाग्ने भएकोले उक्त करयोग्य बोनस शेयरको कर प्रयोजनको लागि आ.ब.२०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको १% ले हुन आउने रकम रु.२५,४९,५४०।- (पचिस लाख उनन्पचास हजार पाँचसय चालिस मात्र) नगद लाभांस शेयरधनीहरुलाई उपलब्ध गराउने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्विकृति पश्चात आगामी साधारण सभाबाट अनुमोदन भए पछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved