विदेशी कम्पनीसँग साझेदारी गरेर नेप्सेको पुनर्संरचना आवश्यक: सीईओ कार्की

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2022 | 02:31:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले  विदेशी कम्पनीसँग साझेदारी गरेर नेप्सेको पुनर्संरचना गरिने बताएका छन् । अर्थ मन्त्रालयले आयोजना गरेको पुँजी बजार सम्बन्धी छलफलमा उनले नेप्सेको पुनर्संरचना आवश्यक रहेकोले विदेशी कम्पनी समेत भित्राएर नेप्सेको पुनर्संरचना गरिने बताएका हुन् ।

उनले  सेयर बजारमा अर्धन्यायिक निकाय आवश्यक रहेको पनि बताएका छन् ।  स-साना विषय समाधानको लागि पनि अदालत पुग्नु परको भन्दै उनले अर्धन्यायिक निकाय आवश्यक रहेको बताएका हुन् । त्यस्तै उनले नेप्सेको सिस्टम अपग्रेड गर्नु पर्ने पनि बताएका छन्। उनले एनआरएन फण्डलाई ल्याउनको लागि नीतिगत सुधार आवश्यक रहेको पनि बताएका छन्  ।

अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्ड र नेप्सेका प्रमुखहरुलाई बोलाएर पुँजीबजारबार  छलफल गरेका हुन् । छलफलमा मन्त्री शर्माले पुँजीबजारमा इन्साइडर ट्रेडिङ र सर्कुलर ट्रेडिङ आफुलाई मान्य नहुने बताएका छन्। अर्थ मन्त्रलायमा औओजित पुँजीबजार सम्बन्धी छलफल कार्यक्रममा मन्त्री शर्माले नेपाल स्टक एक्सचेन्ज नेप्से र नेपाल धितोपत्र बोर्डको नयाँ नेतृत्वलाई निर्देशन दिदै सर्कुलर ट्रेडिङ, इन्साइडर ट्रेडिङ र पम्प एण्ड डम्प मान्य नहुने बताएका हुन् । 

उनले बजारमा सर्कुलर ट्रेडिङ, इन्साइडर ट्रेडिङ र पम्प एण्ड डम्प भई नै रहेको भन्दै यसलाई रोक्न निर्देशन दिएका हुन्। 

उनले पुँजीबजारलाई उत्पादन मुलुक र पूर्वाधारको क्षेत्रको लागि पुँजी जुटाउने थलोको रुपमा विकास गर्न पनि भनेका छन् ।  आफुलाई बजारबारे धेरै उजुरी र गुनासो आउने गरेको भन्दै उनले आफ्नो कामबाट नै त्यसको जवाफ दिनको लागि नेप्से र बोर्डका नेतृत्वलाई निर्देशन दिएका छन् ।  

उनले बजारमा गर्नु पर्ने थुप्रै काम बाँकि रहेको भन्दै समय तालिका सहितको योजना बनाएर पेश गर्न भनेका छन् ।  त्यसको लागि मन्त्रालयले गर्नु पर्ने सबै सहजीकरण गर्ने उनको भनाई थियो ।  यस अघिको नेतृत्वलाई गलत काम गरेकोले हटाउन परेको उल्लेख गर्दै उनले कोहिप्रति प्रभावित नहुनको लागि सचेत गराएका छन् ।   

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved