आज शेयर कारोबार नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2022 | 08:40:41 AM मा प्रकाशित

laxmi  sunrise bank

आज फागुन २४ गते मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर कारोबार नहुने भएको छ । आज नेपाल सरकारले देशभर सार्वजनिक विदा दिएकोले नेप्से पनि बन्द रहने भएको हो ।

११२ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आज सरकारले देशभर नै सार्वजनिक विदा दिएको हो । हरेक वर्ष मार्च ८ तारिखको दिन अन्तराष्ट्रिय महिला दिवस मनाइन्छ ।

‘सामाजिक न्याय र लैङ्गिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाईदै छ ।नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ । विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैङ्गिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved