नेप्सेमा २ वाणिज्य बैंक सहित ३ कम्पनीको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2022 | 02:05:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार २ वाणिज्य बैंक सहित ३ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज एभरेष्ट बैंक, एनएमबी बैंक, र गणपति लघुवित्तको गरि कुल २ करोड ५९ लाख ८५ हजार ६ सय ५९ दशमलव २०५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आज एभरेष्ट बैंकको ६ प्रतिशतले हुन आउने ५३ लाख ३६ हजार २ सय ३० दशमलव ३१ कित्ता बोनस शेयर, एनएमबि बैंकको १२.५० प्रतिशतले हुन आउने २ करोड ४ लाख ७ हजार ४ सय ५१ दशमलव ०७ कित्ता बोनस शेयर र गणपति लघुवित्तको १९ प्रतिशतले हुन आउने २ लाख ४१ हजार ९ सय ७७ दशमलव ८२५० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved