सबै भन्दा सस्तो शेयर भएका १० कम्पनी मध्ये ९ वटा वाणिज्य बैंक, ११ वटाको मूल्य ३०० भन्दा कम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2022 | 11:31:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत वाणिज्य बैंकहरु मध्ये ११ वटाको शेयर मूल्य ३०० वा सो भन्दा कम मूल्यमा पुगेको छ । चैत्र १० गतेको अन्तिम कारोबारपछि कायम मूल्य अनुसार ११ वाणिज्य बैंकको शेयर मूल्य ३०० वा सो भन्दा कम रहेको हो ।

नेप्सेमा सुचिकृत भई सबै भन्दा कम शेयर मूल्य रहेका १० कम्पनी मध्ये ९ वटा वाणिज्य बैंक रहेका छन् । सबै भन्दा कम शेयर मूल्य सेन्चुरी कमर्शियल बैंकको रहेको छ । सेन्चुरीको शेयर मूल्य प्रति कित्ता २२९ रहेको छ । त्यस्तै सिभिल बैंकको शेयर मूल्य प्रति कित्ता २३१.१ रुपैयाँ र कुमारी बैंकको शेयर मूल्य प्रति कित्ता २३६ रुपैयाँ रहेको छ ।

त्यस्तै एनसीसी बैंकको शेयर मूल्य २५४ , सनराइज बैंकको शेयर मूल्य २५८.१ , मेगा बैंकको शेयर मूल्य २५९, लक्ष्मी बैंकको शेयर मूल्य २६३, सिटिजन्स बैंकको शेयर मूल्य २६९ तथा बैंक अफ काठमाडौँको शेयर मूल्य २७१.५ रुपैयाँ रहेको छ ।  माछापुच्छ्रे बैंकको शेयर मूल्य २९७.३ र प्रभु बैंकको शेयर मूल्य २९९.९ रुपैयाँ रहेको छ । 

वाणिज्य बैंकहरुले नियमित रुपमा लाभांश दिइरहेको र अहिले यी कम्पनीहरुको मूल्य सस्तो समेत रहेकोले दीर्घकालीन लगानीको लागि अहिलेको समय उचित अवसर रहेको विश्लेषक बताउछन् । जोखिम पनि कम हुने र प्रतिफलको पनि सुनिश्चितता रहेकोले सस्तो वाणिज्य बैंकहरुमा लगानी गर्न यो उचित अवसर रहेको उनीहरुको भनाई छ ।

हेर्नुस नेप्सेमा सुचिकृत रहेका सबै भन्दा कम मूल्य रहेका ३५ कम्पनी : 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved