आधारभुत शेयरधनीहरूलाई हकप्रद शेयर वापतको रकम जम्मा गर्ने नेपाल फाइनान्सको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2022 | 08:31:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल फाइनान्स लिमिटेड Nepal Finance  ले सञ्चालक लगायत आधारभुत शेयरधनीहरूलाई हकप्रद शेयर वापतको रकम जम्मा गर्ने आग्रह गरेको छ । कम्पनीले  शेयरधनीहरुका लागि हकप्रद शेयर आवेदन खुल्ला गर्नुपूर्व धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ को परिच्छेद ३, नियम १२ (४) बमोजिम संचालक लगायत आधारभुत शेयरधनीहरुले आफनो हक हिस्सामा पर्न आउने हकप्रद शेयर वापतको रकम हकप्रद शेयर खुला गर्नुपूर्व नै बुझाउनु पर्ने व्यवस्था रहेको हुनाले सोहि अनुसार रकम जम्मा गर्न आग्रह गरेको हो ।

कम्पनीले आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद शेयर वापतको रकम १५ दिन भित्र बुझाउनको लागि अनुरोध गरेको छ। चुक्ता पूँजीको १ प्रतिशत र सो भन्दा बढी शेयर धारण गर्ने शेयरधनीहरुले  आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद शेयर वापतको रकम १५ दिन भित्र बुझाउनु पर्ने कम्पनीले जनाएको छ।

कम्पनीले १ कित्ता बराबर ०.७० कित्ता हकप्रद अर्थात् ७० प्रतिशत हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। अब कम्पनीले ३४ लाख ५४ हजार ४ सय ७४ दशमलव २७५० कित्ता हकप्रद निष्काशन गर्ने छ ।   शेयर निष्काशनको लागि प्रभु  क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved