नेपाल फाइनान्सले जेठ ६ गतेदेखि हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2022 | 08:08:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल फाइनान्स लिमिटेड Nepal Finance  ले जेठ ६ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले  कम्पनीले १ कित्ता बराबर ०.७० कित्ता हकप्रद अर्थात् ७० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो।

कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४ सय २८ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४ सय ७४ दशमलव २७५० कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।  शेयर निष्काशनको लागि प्रभु  क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस हकप्रदमा जेठ २६ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले  हकप्रद निष्काशनको लागि बैशाख २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बैशाख १९ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन्  । 

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गत चैत्र ८ मा हकप्रद निष्काशनको अनुमति प्रदान गरेको थियो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved