गोर्खाज फाइनान्सको साधारणसभा आह्वान, यस्ता छन् आधा दर्जन प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2022 | 02:19:57 PM मा प्रकाशित

laxmi  sunrise bank

गोर्खाज फाइनान्सले साधारणसभाको सूचना प्रकाशन गरेको छ । कम्पनीले जेठ २७ गते काठमाडौँको नयाँ नयाँ बानेश्वर स्थित अनुपम फुडल्याण्डमा आर्थिक वर्ष ७७/७८ को साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो 

कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले यस वर्षपनि लाभांश प्रस्ताव गरेको छैन ।  कम्पनीले अन्तिम पटक आर्हिक वर्ष ७१/७२ को मुनाफाबाट लाभांश वितरण गरेको थियो । त्यसपछि कम्पनीले हालसम्म लाभांश वितरण गरेको छैन । 

यस्ता छन् सभामा पेश हुने प्रस्ताव :

१) आ.व. २०७७/७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात तथा २०७७ श्रावण १ देखि २०७८ आषाढमसान्त सम्मको नाफा नोक्सान हिसाबर सोहि अवधिको नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने।

३) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन , २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७४/७९ को लेखापरीक्षणको लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान् लेखापरीक्षक श्री नील बहादुर सारु मगर, चार्टर्ड एकाउन्टेण्टस्, (एनविएसएमएण्ड एशोसियट्स, नारायणचौर, काठमाण्डौ) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ मा भएको व्यवस्था बमोजिम लगातार तीन वर्ष नियुक्ती भइ सेवा दिइसकेकोले पून नियुक्त लागि योग्य नरहेको।)

४) यस संस्थाको सञ्चालक समितिमा रिक्त हुन गएको समुह "क' अन्तर्गत संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक १ र समुह "ख" अन्तर्गत सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक १ मा संचालक समितिले कम्पनी ऐन, २०६३ को दफा८७(२) तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को परिच्छेद ४, दफा १४(२) 'ख' र कम्पनी ऐन, २०६३ को दफा ९०(३)बमोजिम बाँकी कार्यकालको लागि नियुक्त गरिएको संचालकलाई कम्पनी ऐन, २०६३ को दफा ७७(६) मा भएको व्यवस्था बमोजिम वार्षिक साधारण सभामा पेश गर्ने।

५) संस्थाको संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को परिच्छेद ४, दफा १७ बमोजिम नियुक्त गरेको स्वतन्त्र संचालकको नियुक्तीको जानकारी सम्बन्धमा।

ख) विशेष प्रस्ताव

१) संस्थाको प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोहि बमोजिम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved