कुमारी बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2022 | 08:36:27 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक लिमिटेडले १० (दस) वर्षे अवधि तथा वार्षिक ११% व्याजदर भएको “केविएल डिवेन्चर २०८९” ऋणपत्र बिक्रि गर्ने भएको छ  ।कम्पनीले ऋणपत्र निष्काशनको लागि  सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।  

सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख बजार व्यवस्थापन नवीन मुनि बज्राचार्य र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख संचालन अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् । बैंकले  प्रति कित्ता अंकित मूल्य रु १००० को दरले ३०,००,००० (तीस लाख) कित्ता गरी रु ३,००,००,००,००० (तीन अर्ब) बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।  

 वर्तमान वित्तिय बजारमा उच्चतम प्रतिफल सहितको यस ऋणपत्र बाट खरिदकर्ताहरुले आगामी दशककै राम्रो प्रतिफल प्राप्त गर्न सकिनेमा  विश्वस्त रहेको बैंकले उल्लेख अग्रेको छ।

बैंकले १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved