सयपत्री हाइड्रो र मन्दाकिनी हाइड्रोले पाए आईपिओ निष्काशन अनुमति , कुनको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2022 | 05:14:36 PM मा प्रकाशित

laxmi  sunrise bank

थप २ हाइड्रोपावर कम्पनीले आईपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । सयपत्री हाइड्रोपावर लिमिटेड र मन्दाकिनी हाइड्रोपावर लिमिटेडले बोर्डबाट आईपिओ निष्काशनको अनुमति पाएका हुन्। बोर्डले सयपत्रीलाई जेठ १८ मा र मन्दाकिनीलाई जेठ १९ मा अनुमति दिएको हो ।

अनुमति पाएसंगै अब सयपत्रीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणई गरि ९ करोड बराबरको ९ लाख कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीले शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजनाले बिद्युत उत्पादन थालेको १ बर्ष भएको छ ।

त्यस्तै मन्दाकीनी हाइड्रोले आफ्नो जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० को ३० प्रतिशतले हुन आउने जम्मा रकम  १७ करोड ६४ लाख १० हजार १०० बराबरको जम्मा १७ लाख ६४ हजार ११० कित्ता शेयर सर्वसाधारण र आयोजना प्रभावित स्थानीयको निमित्त निष्काशन गर्ने छ । कम्पनीले  बि.ओ.के.क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो  । कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि ३ वर्षदेखि विद्युत गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved