सयपत्री हाइड्रोले असार २ गतेदेखि पहिलो चरणको आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2022 | 08:42:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सयपत्री हाइड्रोपावर लिमिटेडले असार २ गतेदेखि आयोजना प्रभावितलाई स्थानीयलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानीयलाई आईपिओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले उल्लेखित स्थानका स्थानीयलाई ३ लाख कित्ता शेयर निष्काशन गर्ने छ   । उक्त निष्काशनमा छिटोमा असार १६ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा असार ३१ गतेसम्म आवेदन दिन सकिने छ  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्ताको लागि दिन सकिने छ  । कम्पनीले शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

नेपाल धितोपत्र बोर्डले सयपत्रीलाई जेठ १८ मा शेयर निष्काशनको अनुमति दिएको हो । सयपत्रीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणई गरि ९ करोड बराबरको ९ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । 

कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७३/३/१२ देखि विजुली उत्पादन गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved