नेपाल हाइड्रो डेभलोपरको विशेष साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2022 | 10:11:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल हाइड्रो डेभलोपर लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार १३ गते काठमाडौँको ज्ञानेश्वर स्थित कावेरी इनमा सभा आह्वान गरेको हो।

सभामा कम्पनीको नियमावलीको नियम २३ संशोधन गर्ने , कम्पनीको नियमावलीको नियम २७ को उपनियम ३ (१) संशोधन गर्ने र कम्पनीको नियमावलीमा भएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जन गर्न कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुरुप गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पेश हुने छ।  

कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि असार २ गतेबुक क्लोज गर्ने निर्णय गरेको छ । नेपाल स्टक एक्सचेन्जमा असार १ गतेसम्म कायम शेयरधनीहरुले सो सभामा भाग लिन तथा मतदान गर्न योग्य हुनेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved