सिभिल क्यापिटलका सीइओ ढुङ्गेलले दिए राजिनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2022 | 12:43:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल क्यापिटलको प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले ढुंगेलले पदबाट राजिनामा दिएका छन् । संचालक समितिको दबाबपछि उनले राजिनामा दिएका हुन् ।

उनको राजिनामा संचालक समितिको बैठकले स्वीकृत गरिसकेको छ । ढुङ्गेल २०७६ मङ्सिरमा ४ वर्षको लागि सीइओ नियुक्त भएका थिए । तर ३ वर्ष पनि नपुग्दै उनले राजिनामा दिएका हुन् । 

सिभिल आउनु अघि ढुङ्गेल विगत १० बर्षदेखि विभिन्न बिकास बैंक, क्यापिटल मार्केट, फाइनान्स कम्पनि लगाएत्का क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । उनी बैंकिङ्ग, वित्तिय तथा पुंजी बजार, लेखापरीक्षण , कानुनी लगाएतका क्षेत्रमा विगत  ३३ बर्ष देखि सक्रिय छन् ।  

ढुङ्गेलले राजिनामा दिएसंगै अन्य कसैलाई पनि कामुको जिम्मेवारी नदिएको र  आफुलाई थप जानकारी नभएको क्यापिटलका लेखा प्रमुख मणीराज काफ्लेले बिजपाटीलाई बताए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved