बिपीडब्लु लघुवित्तले माग्यो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2022 | 12:56:47 PM मा प्रकाशित

laxmi  sunrise bank

बिपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असार  ८ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले सर्वसाधारणको लागि प्रति कित्ता एक सय रुपैयाँका दरले ९७ हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति माग गरेको हो। सेयर निष्काशन तथा बिक्रि प्रबन्धकको लागि बिपीडब्लुले मेगा क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ। 

बिपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको अधिकृत र जारी पुंजी ३ करोड रहेको छ । जसमा  २ करोड ३ लाख रुपैयाँ संस्थापक सेयरहरुले हालेका छन् भने ९७ लाख रुपैयाँ सर्वसाधारणलाई आइपीओ जारी गरेर उठ्नेछ।   

कम्पनीको केन्द्रीय कार्यालय बनेपामा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved