सिक्लेस हाइड्रोपावरले साउन ६ गतेदेखि आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2022 | 08:16:24 AM मा प्रकाशित

laxmi  sunrise bank

सिक्लेस हाइड्रोपावरले साउन ६ गतेदेखि आयोजना प्रभावितलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा १,२ र ३ का स्थानीयलाई आईपिओ निष्काशन गर्न लागेको हो 

कम्पनीले यी क्षेत्रका स्थानीयलाई ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ । यस निष्काशनमा स्थानीयले छिटोमा साउन २० गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि  विक्री प्रबन्धकमा  बिओके क्यापिटल रहेको छ। 

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएको छ। स्थानीयलाई आईपिओ निष्काशन गरेपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ  

कम्पनीले मादी गाउँपालिकाको मद्क्यु खोलामा १३ मेगावाटको आयोजना निर्माणसम्पन्न गरि २०७४ साल चैत्र २९ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved