अपर सोलु हाइड्रोको आईपिओ आज बाँडफाँड हुदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2022 | 08:41:17 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले निष्काशन गरेको आईपिओ आज बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान ९ बजे क्यापिटलको कार्यालय मै शेयर बाँडफाँड गर्न लागेको हो। 

कम्पनीले असार २० गतेदेखि असार २३ गतेसम्म आईपिओ निष्काशन गरेको थियो ।  कम्पनीले सर्बसाधारणलाई १९ लाख ५७ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३९ हजार १ सय ५० कित्ता शेयर कम्पनीको कर्मचारीको लागि र ९७ हजार ८ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको १८ लाख २० हजार ४ सय ७५ कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिएका हुन् ।   

कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ भने सोलुखुम्बु मै २.८ मेगावाटको सिसा खोला ए आयोजना निर्माण गरिरहेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved